रोजगार उपभोक्ता समितिलाई एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न
जिल्लाको भूमे गाउँपालिका रोजगार सेवा केन्द्रले रोजगार उपभोक्ता समितिहरुलाई “न्युनतम रोजगार ,नागरिकको अधिकार”भन्ने मुलनाराको साथ एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ।
बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गरी दिगो आर्थिक विकास हासिल गर्न नेपाल सरकारले काम र रोजगारीलाई उच्च प्राथमिकता रहेको भूमे गाउँपालिका रोजगार सेवा केन्द्रका संयोजक विनोद विकले बताउनुभएको छ।उहाले भन्नुभयो नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हक सम्बन्धी ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभुतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरेको विकले जानकारी दिनुभएको छ।
अभिमुखीकरण कार्यक्रममा उपभोक्ता समितिको बैठक बस्दा उठाईने माईन्युटको खाका उपभोक्ता समितिको काम,कर्तव्य र अधिकार लगायत अन्य महत्त्वपूर्ण बिषयमा जानकारी गरिएको हो ।
प्रमुख अतिथी यवम २नम्बर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नारायण पुनले योजनालाई चुस्त दुरुस्त बनाई गुणस्तरिय योजनासँगै स्तरिय कार्य सम्पादन गर्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई सफल्ताको शुभकामना दिनु भएको छ।
यस्तै उपभोक्ता समितिले आयोजनाको नाम,योजना सम्झौताका लागि पेश गर्नुपर्ने कागजात लागि पेश गर्नुपर्ने कागजात,डोर हाजिरी लगायत बिषयमा समेत जानकारी गराईएको हो।१८ देखि ५९ वर्ष उमेरका बेरोजगार व्यक्तिहरु मध्येबाट प्राथमिकिकरणको आधारमा रोजगारीमा खटाई एक आर्थिक वर्षमा न्यूनतम १०० दिन रोजगारी सुनिश्चितता भएको छ।उपभोक्ता समितिहरुले एक दिन बराबर ६ सय ६८ रुपँया पाउने छन भने सय दिनको अबधिमा प्रर्ती ब्यक्तिले ६८ हजार ८ सय रुपँया पाउने संयोजक विकले बताउनुभएको छ।
उक्त कार्यक्रममा रोजगार सेवा केन्द्रका संयोजक विनोद विकको अध्क्षयतामा सुरुभएको प्रमुख अतिथी २ वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नारायण पुन रहनुभएको थियो।निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र यादव,प्राविधिक कर्मचारीहरु लगायत उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थित रहेको कार्यक्रमको संचालन रोजगार संयोजक चन्द्र रसाईलीले गर्नुभएको थियो।
















प्रतिक्रिया दिनुहोस्