२०८३ जेष्ठ १७ गते आइतवार

भूमेको विभिन्न स्थानमा बायु प्ङ्कखि  चुलो  वितरण 



भूमेको विभिन्न स्थानमा बायु प्ङ्कखि  चुलो  वितरण

जिल्लाको भूमे गाउँपालिकामा वायु पङ्खा सहितको आधुनिक चुलो बिक्री वितरण गरिएको छ।विकास समाज डिकोष रोल्पाले स्वास्थ भान्सा स्वस्थ परिवार हुनका लागि पहिलो चरणमा आगामी ५ वर्षका लागि सञ्चालन हुने आधुनिक सुधारिएको बायु प्ङ्कखि  चुलो  प्राटिकल एक्सन र विकास सरोकार समाज (डिकोस)को साझेदारीमा सञ्चालित ग्रामीण क्षेत्रका लागि आधुनिक सुधारिएको चुलोको बजार प्रवद्र्धन  परियोजना अन्र्तरगत आधुनिक उन्नत किसिमको चुलो भूमेको विभिन्न स्थानमा वितरण  गरेको छ।

विगतमा दिनहरुमा बजारमा आएको चुलो भन्दा आधुनिक सुधारीएको चुलो फरक खालको भएको साथै यो चुलो धुवा रहित विद्युतिय उपकरणको सहयोगमा सञ्चालन भएको, खाना पकाउदा मोसो नआउने, खाना छिटो पाक्ने, दाउरा, कोइला, गोवरबाट समेत खाना पकाउने सकिने हुदा यस चुलोको धेरै बिशेषता तथा फाइदा रहेको विकास समाज ( डिकोष ) रोल्पाले जनाएको छ ।

परियोजना लागु गर्न लागिएको प्रति चुलोको मुल्य विकास समाज डिकोष रोल्पाको समन्वयमा विभिन्न संघ संस्थाले पर्सामा उत्पादन तथा निर्माण भएको ६ हजार ३ सय ५० पर्ने उक्त वायु पङ्खा सहितको आधुनिक चुलोलाई प्राक्टिकल एक्सन नेपालको समन्वयमा ३ हजार ७ सयमा खरिद गरि २६ सय ५० मा स्थानीयहरुलाई बिक्रीवितरणमा उपभोक्ताले व्यहोनुपर्ने  विकास सरोकार समाज (डिकोस)को  परियोजना संयोजक याम बहादुर थापा  जानकारी दिनुभयो।थापाले भन्नुभयो  आधुनिक चुलो खरिद गर्दा नागरिकताको प्रतिलिपी हुनुपर्ने र चुलो बिजुली र सोलार दुबै बाट चलाउन सकिन्छ खान पकाउ कुनै कारण बस पावर काटिएमा चुलो सँगै पावरबैंक पनि हुने भएकाले ढुक्क सँग खाना पकाउन सकिने छ बताउनु भएको छ। यो अब सिस्ने गाउँपालिकामा पनि माग भइरहेकाले केही दिनमै बिक्रीवितरणको तयारी भइरहेको बताइएको छ ।

            बायु प्ङ्कखि  चुलोको बिशेषता

धुवाँ रहित, थोरै दाउरा लाग्ने, आगो पनि ताप्न सकिने खाना छिटो पाक्ने बायु प्ङ्कखि  चुलोको बिशेषता चुलोको बिशेषता रहेको छ।

 

हामि कसैको घरमा सुधारिएको चुलो छैन।सुधारिएको र आधुनिक चुलो नहुँदा परम्परागत चुलो नै प्रयोग गर्दै आएको भूमे गाउँपालिका वडा नम्बर ५ महतका बले सुनारले बताउनु भयो । हामी पितापुर्खाले जे प्रयोग गर्दै आएका थिए त्यै चुलो नै प्रयोग गर्दै आएका छौँ।हाम्रो लागि नयाँ भएको र धुवा पनि नआउने कालो पनि नहुने खाना छिटो पाक्ने जस्ता विशेषताले यो चुलो निकै उपयोगि रहेको सुनारले खुसि हुदै भन्नु भयो ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार