स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न
भूमे गाउँपालिका जिल्लाको भूमे गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रम सन्चालान हुदै छ।भूमे गाउँपालिकाको कार्यलयमा स्वास्थ कार्यलय रुकुम पूर्वको आयोजनामा पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी गाउँपालिका भित्र रहेका स्वास्थकर्मीहरुलाई १ दिने अभिमुखिकरण तालम सम्पन्न भएको छ।
आज भएको अभिमुखिकरण तालिममा ५बर्ष मुनिका बालबालिकामा दादुरा विरुद्धको खोप उपल्ध हुनु भन्दा पहिले नै सबै बालबाकिहरुलाई कंक्रमित रोगबाट बच्नलाई उक्त अभिमुखिकरण तालिम सन्चालन गरिएको स्वास्थ कार्यलय रुकुम पूर्वको कोल्चेक निरिक्षक मनोज कुमार श्रेष्ठले बताउनु भएको छ।
दादुरा र रुवेला रोग सर्ने ,यि रोगहरुको लक्षण तथा चिन्हहरु र जतिल्लता उपचार कसरी गर्ने ,बच्ने उपायहरु के के हुन? दादुरा र रुवेला खोपलाई भण्डारण गर्ने तरिका ,खोप लगाउदा खोपको मात्रा कति दिने,खोप लगाईसकेपछि हुन सक्ने प्रतिकुल असरहरुको बारेमा अभिमुखिकरण भएको कोल्चेक निरिक्षक श्रेष्ठले जान्कारी दिनु भएको छ।

उक्त अभिमुखिकरण तालिममा गाउँपालिका भित्र रहेका १४ स्वास्थ चौकिको स्वास्थकर्मीहरुको उपस्थी रहेको थियो।दादुरा रुवेला खोप फाल्गुन १३ गते देखि भूमे गाउँपालिकामा सुरु हुने भएको छ।
















प्रतिक्रिया दिनुहोस्