२०८३ साउन १३ गते बुधवार

आ) गुन्टेको नौधारी लेकमा रहेको गुफाभित्रको ताल



भूमे गाउँपालिका वडा नं २ काँक्रीको गुन्टे झरनाको माथि गुन्टेको नौधारी लेकमा गुफाभित्र अनौठो ताल रहेको छ। लामो सुरुङभित्र स्थिर ताल र ढुङ्गाका विभिन्न विचित्र आकारका मूर्ति तथा चित्रहरु रहेका छन्।

सुरुङभित्र रहेकाले रहस्यमय तालको उचित संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सकेको खण्डमा भूमेको पर्यटन विकासमा कोषे ढुङ्गा सावित हुन सक्छ।

पर्यटकीय गन्तव्यको नामःगुन्टेको नौधारी लेकमा रहेको गुफाभित्रको ताल
स्थानःरुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं २ गुन्टे
विशेषतालामो सुरुङ रहेको जसभित्र स्थिर ताल तथा ढुङ्गाका विभिन्न विचित्र आकारका मूर्ति तथा चित्रहरु
पूर्वाधार र अन्य सुविधाको अवस्थाःपूर्वाधार तथा सुविधाको व्यवस्था नभएको
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्यकेहि दूरीको उकालो पैदल यात्रा गरेमा सिस्ने हिमाल लगायत विभिन्न हिमालहरुको अवलोकन गर्न सकिने
पर्यटकले समय व्यतित गर्न सक्ने आधारसुरुङिभित्र गई ताल तथा गुफा अवलोकन, तस्विर तथा फोटो संकलन, सुरुङभित्रको अन्य विषय वस्तुको अध्ययन अनुसन्धान
लोकप्रियताअनौठो सुरुङ, जसभित्र विचित्र कुराहरु जस्तै ताल, अनेक आकृतिहरु लगायतका प्राकृतिक पर्यटनको महत्वका चिजहरु
सुरक्षा प्रबन्ध/संरक्षणसुरक्षा तथा संरक्षण उचित प्रबन्ध नभएको
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफलसरकारी तवरबाट हालसम्म वित्तीय तथा भौतिक लगानी नभएको
विकास गर्न सकिने सम्भावनासुरुङभित्र तालसम्म पुग्ने प्रवेशद्बार र सिढि निर्माण तथा भौतिक पूर्वाधारको विकास गर्न सकिएमा व्यवस्थित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार