- कमल सुनार
हरेक मानिसले जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार जीवितै छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउने गर्दछन भने रुकुमपूर्वको भूमे गाउँपालिका वडा नं.- ६ घर भएका जालकुमार सुनारले आफ्नो जन्मदिन मनाउने खर्च कताएर विद्यार्थीलाई सहयोग गरेका छन्।
अखिल क्रान्तिकारी भूमे गाउँपालिकाको उपाध्यक्ष तथा जिल्ला सदस्य सुनारले जनजागृतिक माध्यामिक विद्यालय भूमे ६ महतमा कक्षा ७ मा अध्ययनरत दुई विद्यार्थिलाई सहयोग गरेका हुन।
उपाध्यक्ष सुनारले सो विद्यालयमा पुगेर शैक्षिक सामाग्री २ हजार ५ सय बरावर वरदान बुढा र आसपुर बुढालाई सहयोग गरेका हुन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
















प्रतिक्रिया दिनुहोस्