रूकुमकोटस्थित बिए.ल.बी होटलमा बिहीबार सम्पन्न अखिल क्रान्तिकारी रूकुम पूर्वको तेस्रो विस्तारित बैठकले संगठन सुदृढीकरण तथा स्ववियू निर्वाचन तयारीलाई प्राथमिकता दिएको छ। संगठनका अध्यक्ष चन्द्र रसाईलीका अनुसार बैठकमा स्ववियू निर्वाचनका लागि विस्तृत छलफल गर्न बैठक बसेकाे जानकारी दिनुभयो ।
बिहीबार भएको बैठकमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको रणनीति तय गर्दै, संगठनलाई अझ प्रभावकारी बनाउन विविध निर्णयहरू पारित गरिएकाे अध्यक्ष रसाइलीले जानकारी दिनुभयो ।लामाे समय संगठन चलाएर बिदा भएका नेता तथा हाल सिस्ने गाउँपालिकाका पार्टीका उपाध्यक्ष रेवन खड्कालाई औपचारिक बिदाइ गरिएको जानकारी दिनुभयाे। केन्द्रीय उपाध्यक्ष सन्दिप पुन र केन्द्रीय सदस्य विकास खड्कालाई बधाई जिल्ला संगठन रुकुमपूर्वले बधाई ज्ञापन गरिएकाे बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तेजबहादुर ओली ‘प्रतीक’ प्रमुख अतिथि रहेकाे थियो भने जिल्लाका सह-ईन्चार्ज रामसुर बुढा मगर विशेष अतिथि रहएको थियो। अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सन्दिप पुन, जिल्ला संयोजक कुमारी बराल गौतम, लुम्बिनी प्रदेश सचिवालय सदस्यहरू होमप्रकाश श्रेष्ठ, कृष्ण रेग्मी, बासुदेव गौतम, तिर्था पुन, धुर्व विक्रम ओली, जीवन के.सी. लगायत नेताहरूको उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन संगठनका सचिव अम्मर खत्रीले गरेका थिए।














प्रतिक्रिया दिनुहोस्