२०८३ साउन १३ गते बुधवार

रुकुम पूर्वमा लोक दोहोरीको नयाँ नेतृत्व: पूर्णिमा सेन अध्यक्षमा निर्वाचित



राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल रुकुम पूर्वको प्रथम अधिवेशन आज सिस्ने गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ। अधिवेशनले पूर्णिमा सेनको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षहरू लखन थापा र भूपेस राज योगि, महिला उपाध्यक्ष सबिना पुन मगर, सचिव उर्मिला गौतम, सह-सचिव निमा पुन, कोषाध्यक्ष धर्म कुमार बुढा, सह-कोषाध्यक्ष विशाल घर्ती मगर, प्रवक्ता करुणा पुन तथा संगिता सुनाम रहेका छन्। त्यस्तै, सदस्यहरूमा धनरुपी पुन, भावना खड्का, इच्छा पुरी बुढा, शिखर विश्वकर्मा, धन बहादुर शाही, चन्द्रदेव खड्का, तिलक शाह, सविना घर्ती, राज सेन, अनुपा सेन, विरजंग बुढा मगर, प्रशुराम खत्री, तानिया रन्का, झक्कु पुन मगर, र सफ्टवेयर सुनार चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ रहनुभएकाे  थियाे । विशेष अतिथिमा जिल्ला समन्वय समिति उप-प्रमुख मोहन बहादुर केसी, लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष योगराज पोख्रेल, नेपाली कांग्रेस जिल्ला कार्यवाहक अध्यक्ष भीम बहादुर खड्का, नेकपा (एमाले) प्रतिनिधि उपेन्द्रलाल कामी, एकीकृत समाजवादीका जिल्ला सचिव भुवनेश्वर उपाध्याय तथा कवि टिकाराम उपाध्याय लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन धर्म कुमार बुढाले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मेघबहादुर श्रेष्ठले लोकगीत र लोकसंस्कृतिलाई प्रवर्द्धन गर्न सबैले एकजुट हुनुपर्ने बताउनुभयाे। उहाँले रुकुमपूर्व प्राकृतिक रूपमा नै समृद्ध सांस्कृतिक धरोहर भएको र  जगेर्ना गर्दै अघि बढ्नुपर्नेमा जोडदिनुभएको छ।

यस्तै विशेष अतिथि मोहनबहादुर केसीले लोकगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक प्रेम र सद्भावको प्रतीक रहेको बताउनुभयाे।

नेपाली कांग्रेसका जिल्ला कार्यवाहक अध्यक्ष भीम बहादुर खड्काले कला-संस्कृतिको संरक्षणमा गाउँ समाजदेखि सरकारसम्मको चासो आवश्यक रहेको  बताउनुभयाे ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार