हिमाली जिल्ला रुकुमपूर्वमा पूर्वी रुकुम महोत्सव आज देखि सुरु भएको छ। कला संस्कृतिको जगेर्ना र स्थानीय उत्पादनलाई पर्यटनसंग जोड्ने लक्ष्यकाे साथ सन्ञ्चालन भएको हाे।
समृद्धि रुकुम पूर्वको आधार, कला संस्कृतिको पहिचान भन्ने मुल नराको साथ पूर्वी रुकुम संस्कृति, पर्यटन , कृषि तथा व्यापार महोत्सव बैशाख १० गते सम्म चल्ने महोत्सवका संयोजक लखन सुनारले जानकारी दिनुभएको छ ।
कार्यक्रमको अध्यक्षता अठाले ग्रुप प्रा.लि का अध्यक्ष सुधन रेग्मीले गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति रुकुम पूर्वका उप- प्रमुख मोहोनबहादुर केसी रहनुभएको थियाे। विशेष अतिथि सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने र अतिथिहरुमा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले नेपाली सेना रुकुम पूर्व गुल्मका सेनानी रबि थापा, शस्त्र प्रहरी वल नेपाल रुकुमका प्रहरी नायब उपरीक्षक विकास भक्त श्रेष्ठ , जिल्ला प्रहरी कार्यलय रुकुमपूर्वका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक माधवराज खरेल लगायत अन्य कार्यलयका प्रमुख विभिन्न राजनीति दलका प्रमुखहरुकाे उपस्थिति रहेको थियाे।
उक्त उ कार्यक्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप -प्रमुख मोहोन बहादुर केसीले महोत्सवले किसानले उत्पादन गरेको उत्पादन पनि यहाँ लिएर बिक्री गर्न सक्ने उहाँले बताउनु भएको छ ।
महाेत्सवमा हजारौं दर्शकहरुको पनि उपस्थिति रहेको थियो विभिन्न स्थानीय झाँकी मयुर नाच प्रस्तुत भएको थियाे भने कार्यक्रमको उद्वघोषक चन्द्र रसाइलीले गर्नु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्