हालै सार्वजनिक गरिएको कक्षा ८ अर्थात गाउँपालिका स्तरीय वार्षिक परीक्षाफलको नतिजा सार्वजनिक गरिएको छ । यस जिल्लामा तीन गाउँपालिका रहेको छ । जसमा तीन गाउँपालिकाले गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षाफलको नतिजा सार्वजिक गरेका छन् ।
अधिकांश विद्यालयमा परीक्षाको नतिजा कमजोर आएको छ । गणित, विज्ञान र अंग्रेजी विषयमा कम उत्तीर्ण भएका छन् । कमजोर नतिजा देखिएपछि अभिभावकहरू चिन्तित भएका छन् ।
सिस्ने गाउँपलिकाबाट ४ सय ९६ जना, भूमे गाउँपालिकाबाट ३ सय ३१ जना र पुथाउत्तरगंगा गाउँपालिकाबाट ३ सय ८२ गरी जिल्लाभरबाट जम्मा १ हजार दुई सय ९ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए ।भूमेमा १८, सिस्नेमा १८ र पुथाउत्तरगगामा १७ गरी जम्मा ५३ वटा विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी थिए ।
प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार














प्रतिक्रिया दिनुहोस्