२०८३ कार्तिक ११ गते मङ्गलवार

Eating Disorder धेरै, थोरै र खाना नखाने समस्या के हो?



हामी २१औ शताब्दीमा जीरहेका छौं।जहाँ प्रत्येक व्यक्तिले आफ्नो शारीरिक सौन्दर्यको ख्याल गरेको पाइन्छ बिभिन्न किसिमको सौन्दर्यको ख्याल गरेको पाइन्छ विभिन्न सौन्दर्य सामग्रीको प्रयोगका साथै ब्याम ध्यान आराम का साथै खानपान जस्ता थुप्रै कुरा मा स्व:हेरचाह गरेको पाइन्छ।अहिले धेरै व्यक्तिहरुले खानपान मा चिल्लो पिरो सन्तुलित भोजन र स्वस्थकर खाना लाइ प्राथमिकता दिएको पाइन्छ तर यसका साथै आफ्नो शारीरिक सौन्दर्य को लागि कम खाने व्रत बस्ने शाकाहारी भोजन खाने गरेको पाइन्छ।त्यसका साथ साथै सुन्दरता वा (स्लिम देखिन, र जिरो फिगर देखिन) फित रहन खान नखाने कुनैले धेरै खाने र कसै कसैले खाना खाने तर वोमितिंग गरेको पाइन्छ।

यानिकी यस्तो खालको व्यक्ति जुन व्यक्ति पातलो हुन्छ उसले ऐना मा आफुलाई मोटो देखिने फेरी अर्को खाल को आफु मोटो हुन्छ आफुलाई ऐना मा पातलो देखिने तेस्रो प्रकारको समस्या खाना खाने फेरी उघारेर फेरी चपाएर फेरी खाने यस्ता प्रकारका समस्यालाई मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या अन्तर्गत राखेको पाइन्छ जसलाई Eating Disorder भनिन्छ यसले शारीरिक, मानसिक स्वास्थ्य दुबैलाई असर परेको हुन्छ तर जुन व्यक्ति मा यस्तो समस्या हुन्छ व्यक्ति स्वयंलाइ महसुस नहुन सक्छ यस्तो समस्या महिनौ बर्षौ देखिएमा व्यक्तिको व्यक्तित्वलाई प्रभाव परेको पाइन्छ जस्तै Self-Perception व्यक्ति को स्वयम आफु प्रतिको सोचमा Self-concept व्यक्तिको आफु प्रति को धारणामा र Self-Image मा व्यक्ति स्वयमले बनाएको आफ्नो छाया चित्र यस्तो प्रकारको व्यक्तिको मानसिकताले चौतर्फी कुरालाई असर पारेको हुन्छ।

यस्तो खालको समस्या मा देखिने लक्षणहरु

१.तौल बढ्ने, आकार प्रकार मा एकरुपता हुदैन भन्ने डर।

२.आफ्नो शरीर प्रति नकारात्मक धारणा आउनु।

३.शारीरिक र मानसिक रुप मा भ्रम पैदा हुनु।

४.खाना प्रति र शारिर को तौल प्रति बढी केन्द्रित हुनु।

५.सार्बजनिक ठाउ मा खानपान गर्न लजाउनु।

६.समुह मा समायोजन हुन् समस्या हुनु।

७.चिसो को महसुस बढी हुनु,।

८.सुत्न र आराम गर्न अप्ठ्यारो हुनु।

९.खाना खाने समय मा धेरै खाने पछी वोमित गर्ने।

१०.बाक्लो मोटो लुगा लगाई शरीर ढाक्ने।

यस्तो समस्याले स्वास्थ्यमा पर्ने असर

१.मानसिक स्वास्थ्यमा ह्रास हुने।

२. मुटु मा असर पर्ने।

३. दैनिक सुत्न मा कठिनाई हुने।

४. कपाल झर्ने।

५. महिनावारीमा गडबडी हुने।

६. ग्यास्ट्रिक र कब्जियत हुने।

७. शरिरमा तागत अथवा शरीर कम्जोर हुनु।

यी समस्याको समाधान कसरि गर्ने

 

१.सकरात्मक स्व वार्तालाप मा ध्यान दिने।

२.शरीरलाई आवस्यक पर्ने पोषणयुक्त खाने कुरा खाने।

३. शारीरिक चेकअप मा ध्यान दिने।

४.योगा अभ्यास मा ध्यान दिने।

५.फुर्सद को समय मा भ्रमण गर्न जाने।

६.सिर्जनशील कुरा हरु पढ्ने लेख्ने आफुलाई अरु संग तुलना नगर्ने।

७.आफुले आफुलाई उपहार दिने।

८.बोसोयुक्त खाने कुरा कम खाने।

९.सामाजिक कार्यमा संलग्न हुने ।

१०.सन्तुलित आहार मा ध्यान दिने ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार