२०८३ कार्तिक ११ गते मङ्गलवार

आगलागी पीडितलाई अखिल क्रान्तिकारी द्वारा खाद्यान्न वितरण



नेकपा माओवादी केन्द्रको भाद्धी सगंठन अखिल क्रान्तिकारी रुकुमपूर्वले आगलागीबाट प्रभावित बनेका भूमे ३ क्याङ्सीका भान्देउ रोकाको परिवारमा दुःखमा साथ दिन खाद्यान्न र आवश्यक सामग्री लिएर बुधाबार विहान पीडित घरमा पुगेको छ।
भूमे गाउँपालिका वडा नम्बर ३ क्याङ्सीमा विधुत सत भएर एकासी आगलागीमा भएको घरमा सबै नस्ट हुदाँ अखिल क्रान्तिकारीले चामल, दाल, नुन, तेल, लगायतका राहत सामग्री पिडितको घरमा पुगेर दु:ख सात्दै हस्तारण गरिएको अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाईलीले जानकारी दिनुभयो।
अध्यक्ष रसाईलीले आगलागी पीडित रोकालाई राहत र पुनःस्थापनामा राज्यले ध्यान दिनु पर्ने बताउनुभयो।संगठनको तर्फबाट सानो प्रयास मात्र गरेका छौं।पीडितलाई अझैँ आवश्यक्ता रहेको छ।रसाईलीले भने।राहत सामग्री प्राप्त गर्दै पीडित रोका मगरले अखिल क्रान्तिकारी रकुमपूर्वलाई धन्यवाद दिएका छन्।आगलागीले सबै चीज गुमाएको बताउनुभयो।

 

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार